Aamsanchar

“नारी महिमा“

Author Image
बुधवार, भदौ ४, २०८२
सिर्जना शक्तिकी स्रोत सृष्टिकी रचिता उनी 
दया र करुणा, स्नेह ममता दिव्यदायिनी ।।
दयालु अति नै नारी भव सिँगार्न सक्दछिन् । 
भवानी देवी हुन् नारी स्नेहले विश्व ढाक्दछिन् ।
थकान तनमा छैन न कुनै छ सिकायत 
गर्छिन् सन्तानको रक्षा प्रेमकी हुन् हिमायत ।।
तपस्वी हुन् उनै नारी दृष्टान्त, सबरी सरी 
कति निश्चल हो प्रेम बग्दछिन् सरिता सरी ।।
प्रेमको परिभाषामा राधारानी बनिन् उनी । 
ज्ञानको ज्योतिमा को छ, शारदाझै उनी पनि ।।
पखाल्छिन् प्रेमले मैला गंगाझै छ पवित्रता ।
फुटाल्छिन् पापको घैला यसैमा छ विचित्रता ।
के होइनन् भन यी नारी माता, धाता सबै उनी ।
पत्नी हुन् रामकी सीता, जानकी हुन् कतै उनी ।।
यमकी यमुना हुन् कि, मधुकी मालती उनी ।
बोल्दछिन् प्रेमको बोली चखेबी झै बने पनि ।।
दुःखको भुमरीलाई थेगेकी छन् हिमाल झै
सुखको सार बुझ्दैछिन्, पढ्न सक्छौ किताबझै ?
जहाँ छ नारीको स्नेह सिङ्गै जीवन फुल्दछ ।
राख सम्मानको भाव स्वर्ग झै लोक बन्दछ ।।
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर