

इटहरी । इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ । आगामी भदौ ७ गते शनिबार सोल्टी वेस्टएन्ड होटल, इटहरीमा कार्यक्रम हुने आयोजकले जनाएका छन् ।

कार्यक्रममा कवि तथा नाट्यकार भरत गुरागाईं “बरबरिक” का नाट्य प्रस्तुति, कवितापाठ तथा लाइभ संगीत प्रस्तुत गरिनेछ । यसले दर्शकलाई साहित्य, शब्द, संगीत र रंगमञ्चको एकै मञ्चमा अद्वितीय अनुभव दिने बताइएको छ ।

पूर्वेली मिडिया नेटवर्कका अनुसार यो साँझ केवल मनोरञ्जनमा सीमित नहुनेछ, बरु साहित्य र भावनाको माध्यमबाट समाजमा सांस्कृतिक चेतना प्रवाह गर्ने उद्देश्य पनि रहेको छ ।
Views: 110

