Aamsanchar

कनकाईमा करेन्ट लागेर एकजनाको मृत्यु

Author Image
शनिवार, भदौ ७, २०८२

झापा । झापाको कनकाई नगरपालिका–१ खहरे खोलामा करेन्ट लागी एक जनाको मृत्यु भएको छ।

आज बिहान करिब ८ः३० बजेतिर सोही स्थानका ३७ वर्षीय पंकज माझीले बिजुलीको पोलमा तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

Views: 7

प्रतिक्रिया (०)