Aamsanchar

जेन–जी आन्दोलन तीव्र, प्रचण्ड निवासमा ढुंगामुढा

Author Image
मङ्गलवार, भदौ २४, २०८२

ललितपुर । सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलन मंगलबार बिहान झन् तीव्र बनेको छ। आन्दोलनकारी समूहले ललितपुरस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा ढुंगामुढा गरेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकारीका अनुसार बिहानको समयमा प्रचण्ड निवास वरिपरिको क्षेत्रमा प्रदर्शनकारीहरूको समूह पुगेको थियो। सो क्रममा उनीहरूले ढुंगामुढा गरेका पुष्टि भएको छ।

जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन राजधानीसहित विभिन्न स्थानमा चर्किंदै गएको छ। प्रहरीद्वारा नियन्त्रण गर्ने प्रयास भइरहेका बेला प्रदर्शनकारीहरू उग्र बन्दै गएको जनाइएको छ।

Views: 152

प्रतिक्रिया (०)