
GEN- Z का नवयुवा भाइ बहिनी हरु आन्दोलन मा आउनुको कारण सामाजिक सञ्जाल र भ्रष्टचार विरुद्ध मात्र उत्रीएका होइन, यो अति नै भए पछि को उकुसमुस एवंम सहि साध्य नएपछिको विष्फोटन हो , कारक तत्वमा सामाजिक सञ्जाल र भ्रष्टचार निउँ बन्न पुगेको छ।
सर्वप्रथम वि स २०८२/५/२३ गते शान्ती पुर्ण रुपमा सामाजिक संञ्जाल र भ्रष्टचार विरुद्धका नारा ल्पेकाड सहित सडक प्रदर्शनमा उत्रीनु भएका राष्ट्रवादी विचारले ओतप्रोत भएका
ऐतिहासिक जनप्रतिरोधको क्रममा नव फासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने महान शहीदहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धान्जली! वहाँहरूका शोकसन्तप्त परिवारजनहरूप्रति गहीरो समवेदना! घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना ।
देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा यहाँ हरुको भुमिकाले देशको संक्रमण परिस्थिती लाई चिर्दै कम्युनिष्ट पुँजीवादी विदेशी प्रतिमान को फोटोकपिको पनि फोटोकपिको विचार दर्शन नव फासिवादी हरुको अन्त्य हुन सकोस भनी शुभकामा व्यक्त गर्दै संयमता धैर्यता अपनाउदै जनधनको थप क्षेत्री नहोस यश अवस्थामा यहाँ हरुको शान्तिमय प्रदर्शनमा धमिलो पानी मा माछा मार्ने शिजेनवल दुष्ट हरु तपाईं हरु जस्तै भएर समर्थन गरेझै गरेर विवल्याटो परिस्थिती शिर्जना हुन सक्ने लाई मध्येनजर गर्न समेत विनम्र निवेदन गर्द्छु ।
देश ले अवस्था र कम्युनिष्ट पुँजिवादी व्यवस्था परिवर्तन गरि मौलिक नेपालको माटो सुहाँउदो राज्य राष्ट्र सिद्धान्तको नेतृत्व इतिहासले मागेको छ । वर्तमान नेपाली राजनितिको अपरिहार्य र आवश्यकता हो, आकस्मिकताले नेतृत्व जन्मन्छ जन्माउनु पर्छ ४० वर्ष मुनिका युवा बाट देशको पुनर्जागरण गरिनु पर्ने अहिलेको आवश्यता हो । अनि मात्र नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर नयाँ नेतृत्व स्वयं स्थापित हुन्छ। नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो। त्यसका निम्ति आफ्नो भौतिक सरिरलाइ वलिदान गरि ईतिहासमा नाम लेख्न सफल योद्या प्रती सतसत नमन , यो नै अन्तेम सडक प्रदर्शन होस अब कुनै नेपाली दाजुभाइ दिदी बहिनिले ज्यान गुमाउनु पर्ने अस्पतालको वेडमा छटपटाउनु पर्ने , अशक्त घाइते भएर जीवन विताउने दिन नआउन , भ्रष्ट विवेदकारी र विदेशी प्रतिमानका शाशक हरुले कहिल्यै शिर उच्च गर्न नसकुन भनी शुभकामना शुभेच्छा प्रकट गर्दछु ।
साथै अर्को एउटा प्रसिद्ध भनाइ पनि छ- History repeats itself, because men repeat their mistakes. (इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्।) त्यसैले यी कुराहरूमा ध्यान दिनु हुन को लागि निवेदन गरिन्छ ।
कुनै पनि राजनितिक दलमा आब्द भएका वा एकपटक सरकार र सत्ता मा आशिन ब्यक्तिलाइ नेतृत्व प्रदान नगर्नु होस फेरि पनि प्रदर्शन निष्कर्षहिन बन्ने छ ।
– आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न। अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्न बौद्धिक क्षमता निष्कलङ्क व्यक्तिको पहिचान गर्न जरुरी छ ।

– संघर्षको जुन रूप निर्धारण पाँच वटा नगरिने भनी उद्योष गरि अगाडि बढ्नु भएको छ त्यसलाइ कायम गर्नु पर्छ , (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा उक्सावटमा आउनुहुन्न।
– कमन्युष्ट पुँजिवादी ( कपुतन्त्र व्यवस्था ) विगठन नगरी राहद का नाममा , उपचारका नाममा , स्वस्थ्य निशुल्ककका नाममा शान्तिमय प्रदर्शन नरोक्न समेत निवेदन गरिन्छ ।
– आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र ‘भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’ लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ र भैहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ।

– ‘भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ भन्ने पुर्खाको युक्ती लाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्न आदिनिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार भन्ने तिर होइन राज्य राष्ट्र सिद्धान्त अपनाइ नेपालको माटो सुहाउने विवेद रहित व्यवस्था लाई अत्मसत गर्नु पर्छ अहिलेका नायाँ वा पुराना उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना हुन कुर्शिमा व्यक्ती फेरिनु ले केही अर्थ राख्दैन भन्ने हेक्का हुन जरुरी छ ।
– सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधान हो भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरू यथावत राख्नु पर्छ भन्ने मान्यता राखिएमा यो जन प्रदर्शन वा आन्दोलन औचित्य हिन हुने छ ।
अहिलेको अवस्था आउनुको मुख्यकारण :-
* वि स २०७२ सालको भुकम्प पछाडी देखि भुकम्प पिडितका नाममा गरिएको भ्रष्टचार अनियमिता संसद हरु देखि शासक प्रशाशक हुँदै प्र म सम्म भ्रष्टचार मा लिप्त हुनु ।
* कोरोनाका बेलामा गरिएको स्वस्थ्य सामाग्री मा भएको भ्रष्टचार बाहिरिनु , स्वयम् शासक प्रशाशक हुँदै प्र म स्वयम् ले ढाक छोप गर्नु ।
* पुर्व प्र म माधव नेपाल , झलनाथ खनाल , बाबुराम भट्टराई , सबै भ्रष्टचार मा लिप्त हुनु बालुवाटार जग्गा देखि बाँसवारि जुत्ता कारखाना , एवम नेपालका उद्योगिक क्षेत्र विदेशी प्रतिमान लाई सुप्पनु भ्रष्टचारको पराकाष्ट आदि ।
* देशलाइ विचौलिया र सुन हतियार , ड्रग्स , डलर माफिया तस्कर सँग मिले महत्तो मा सरकार चलाउनु ,
* नागरिक समाजले जति नै खवरदारी गरे पनि सुनवाइ नहुनु ।
* सहकारी संस्था लाई अव्यवस्थित बनाइ आफ्ना पार्टिका नेता कार्यकर्तालाई लुट्न लगाइ समरक्षण गर्नु , भ्रष्टचार मा परेका उजुरी लाई छानविन नगरी आफ्ना लाई संरक्षण अरुलाइ कार्वाही गरिनु ।
* शिक्षक आन्दोलन लाई सम्बोधन नहुनु
* नागरिकको सहकारिमा भएको मौजात रकम फिर्ता नहुनु ।
* वडा देखि पालिका , प्रदेश हुँदै सँघिय सरकार सुरक्षा निकाय , निजामतिमा कार्यालय सहयोगी देखि प्रमुख , हुँदै बिभाग मंन्त्रालय सबै भ्रष्टचारमा लिप्त , ढेक्का पट्टा सबै कमिसनमा काम हुनु ।
* नागरिक समाज र अभियान्ता हरुको खवदारी लाई हेलचेक्राइ कमजोरी सझि आफ्ना भिजिलाम्ते लाई झोले हुँ भनी समाजिक संञ्जाल रङ्गियाउनु
* यो अवस्था आउनु मा सरकार मात्र दोशी होइन यिनी हरुले गरेका गल्तिलाइ ढाक छोप गर्ने १००/ १०० केजिका माला लगाउदै भगवान बनाउदै हिड्ने कार्यकर्ता झन बढी दोषी हुन , आफ्ना नेता का गलत औल्यान नसक्ने उल्टो उकासन फुलमाला लगाएर जात्रा गर्ने बढी दोषी हुन ।
* २०४६ साल देखि यताका नेतृत्व सबै दोषी हुन ।
देश भाड्ने मुख्य :
* कम्युनिष्ट पुँजीवादी जो विदेशी प्रतिमान का फोटोकपी ने का , कम्युनिष्ट घटक सबै । जो आफू लाई लोकतन्त्र बादी , प्रजातन्त्रवादी , उदारवादी , गणतन्त्रवादी , समाजवाद उन्मुख , मदेशवादी , र जातिय घृणा कित्ताकाटको नष्ल सँज्ञा दिएर राजनिती गरिरहेका छन यी सबै व्यानर फरक तर विचार एकै हुन भ्रष्ट मा सहमती , सत्तामा सहमती र विदेशी प्रतिमान का फोटोकपी लिएर दोकान थापरे बसेका हुन ।
जस्तै :-
* ने का र वामपन्थी , समाजवादी , माओवादी, एमाले , सबै घटक राष्ट्र राज्य सिद्धान्त मा आधारित विदेशी प्रतिमान का उत्तराधिकारी हुन ।
* बहुराष्ट्रीयता – पुर्व प्र म बाबुराम भट्टराई ले नेतृत्व गरेका छन , जसले समय समयमा विवाद र बखेडा झिकी रहेका छ ।
* द्वि- राष्ट्रीयता मा सिके राहुत ले नेतृत्व गरेका छन ।जसले पहाड भाषा भुगोल फरक छ । मदेशको अलगै छ , मदेस लाई छुट्टै राज्य हो एकै देश मा दुई देश देख्ने हुन ।
* राज्य राष्ट्र – नेपाल सनातन देखि अथवा नेपालको राजकिय शासक प्रशाक मौलिक पद्धती राज्य राष्ट्र सिद्धान्त आफ्नै रैथाने हो तसर्थ अब को बाटो राज्य राष्ट्र सिद्धान्त दर्शन मा आधारित विचारमा देश लाई निकास दिन आवशयक छ ।
अब को बाटो :-
* तत्कालै यो व्यास्था बिगठन गरि निस्कलङ्ग्क विभिन्न क्षेत्रतका बौद्धिक व्याक्तित्व को सम्लित ११ सदस्य मन्त्रीमण्डल बनाउने ।
* वि स २०४६ पछिका शासक प्रशाक सबैको सम्पती छान विन गर्ने , विदेशमा राखेको सम्पती भए वा स्रोत नखुलेको सम्पती सरकारी करण गरि कसुर अनुसार को कार्वाही गर्ने ।
* प्रदेश खारेजी गर्ने , स्थानिय पालिका घटाउने र जिम्मेवारी बढाउने संघिय संसद बढिमा १३५ जना बनाउने समानुपातिक हटाउने ।
* स्थानिय पालिकामा पार्टी वा दलबाट चुनाव मा उम्मेदवारी दिन नपाउने ,
* कार्यकारी प्रमुख प्र म ,आम नागरिकको मतदान बाट निर्वाचित हुने व्यवस्था मिलाउने ।
* कर्मचारी स्थाइ भन्ने शब्द हटाउने , कुशल कार्य गरे ३० वर्ष अवधी सम्म गर्न पाउने अन्यथा भएमा हटाउन सकिने व्यवस्था मिलाउने ।
* दुई पटक संसद मा उठेको व्यक्ती तेस्रो पट्क उठन नपाउने , दुई पटक भन्दा बढी मन्त्री हुन नपाउने व्यवस्था मिलाउने
* संसद मन्त्री बन्न नपाउने ।
* विज्ञ व्यक्ती ( विभिन्न क्षेत्र अनुभवका आधारमा ) बाट छरितो मन्त्रीमण्डल बनाउने ।
* ६० बर्ष भन्दा माथिका व्यक्ती संसदमा उठन नपाउने , पार्टी को वा समाजिक क्षेत्रमा गर्न सक्ने , पार्टिमा ६५ बर्ष भन्दा माथिका कुनै पनि सकृय पदमा रहन नपाउने व्यवस्था गर्न आवश्यक छ ।
* माथी उल्लेखित कार्य गर्न सके अहिलेको जन प्रदर्शन वा आन्दोलन सफल भएको मानिन्छ र सार्थकता हुने छ ।
* पुन यहाँ हरुले आव्हान गरेको शान्तिमय प्रदर्शनमा सहमिती एक्यवद्धता जनाउदै सफलताको शुभकामना व्यक्त गर्द छु ।
इन्द्र प्रसाद ओली
अध्यक्ष
राष्टीय हिन्दु एकता मञ्च नेपाल
चेतना नेपाल


