हामिले बुझ्ने भनेको शिक्षा शिक्षा अक्षर र किताबलाई सम्झन्छौ । तर मानव जीवनमा शिक्षा भन्ने कुरा केवल अक्षर र किताबमा मात्र सीमित छैन । जीवनको असली पाठशाला भनेको घर हो, र त्यहाँको असली गुरु भनेका आमाबाबु हुन् । बालबालिकाको पहिलो अक्षर बोल्नुअघि नै देख्न थाल्छन्, र त्यसपछि उनीहरूको संसार बुझ्ने आधार भनेको आफ्ना अभिभावकको जीवनशैलीलाई स्वीकार गर्दै अगाडि बडेको पाइन्छ ।
बालबालिका ले सुन्ने कुरा भन्दा बढी हेर्ने र नक्कल गर्ने कुराबाट सिक्छ । हामी ले अरूलाई कसरी व्यवहार गर्दै छौ , घरमा नानी बाबुको अगाडि कसरी प्रस्तुत हुन्छौ ती सबै कुरा वाल मष्तिकमा छाप परि रहन्छ । हामी सङ्कटमा कसरी धैर्य हुन्छौ । हाम्रो बानी बोलीमा कति अनुशासित हुनुहुन्छ -यी सबै कुरा बालमस्तिष्कमा मौन तर गहिरो छापका रूपमा बस्छ उनी हरूको यो सिकाइ बुझाइ नै जिन्दगीको प्रतिविम्ब बन्द छ ।

जसरी हामिले बच्चालाई सधैँ धैर्य, इमानदारी, श्रम र संस्कारको उदारता उदाहरण देखाउन सक्यौ भने, त्यो पाठ कुनै किताबले सिकाउन सक्दैन । बालबालिका ले पढेर भन्दा आफू भन्दा अग्रजले गरेको व्यवहार अनि बानी बाट सिक्ने सिकाइ नै सत्यतामा लिन्छन् त्यसैलाई विश्वास गर्दछन् । आज हामी भन्दा पछिल्लो पिडिले हामिले दिएको शिक्षाकै नकल गर्दै अगाडि बढेको पाइन्छ ।
त्यसैले मौन शिक्षा वा देखेको शिक्षाको शक्ति नै जीवनको प्रतिविम्ब भएर रहन्छ। बालबालिका बोली मात्र होइन, हाम्रो मौनतालाई पनि बुझि रहन्छ । कोही रिसाउँदा बालबालिका मुटु काँप्छ, शान्त रहँदा, आत्मा स्थिर हुन्छ । अरूलाई आदर सम्मान वा नमस्ते गर्दा, उनीहरूले आदर सम्मान वा नमस्तेको महत्व बुझ्छ । घरमा पूजापाठ पाहुना को सत्कार देखे त्यो बानी लिन्छन् ।आफू भन्दा अग्रज नेतृत्व तथा आमाबाबुले गरेका सेवा संस्कारले बालबालिकाले आफ्नो भविष्यमा के गर्ने भनेर मौन निर्णय गरिसकेको हुन्छ ।

मौन शिक्षा त्यति शक्तिशाली हुन्छ बालपनमा देखेको भोगेको छाप पछि हतपती मेटिन सक्दैन । बढ्दो उमेरमा बाहिरका पुस्तक, गुरु वा समाजसँग भेट हुँदा पनि, बालबालिकाले अन्तरात्माले भन्छ मेरो असली पाठ त घरमै सिकिएको थियो , गर्ने त्यही हो तर केवल यो पाठ मात्र हो वा परीक्षामा लेख्ने मात्र हो मेरो व्यवहारमा होइन भन्ने बुझाइ रहन्छ ।
उदारणहरु प्रहस्त पाइन्छ , जस्तै २०२८/ २९ सालको झापा विद्रोह , २०४६ सालको जनाअन्दोलन , २०५२ फागुन १ देखि दस बर्षको युद्धको गतिविधी र २०६२/२०६३ को आन्दोलन सरकार परिवर्तन का गतिविधी देखि आज सम्मका जे जति आन्दोलन छन ती सबै एकै प्रकारका छन जेन जी पुस्ता सम्म छाप त्यही परेको अवस्था छ र सरकार पक्ष पनि त्यसैमा उन्मुख छ । मागराख्दा बोल्दा दवाफ दिदाँ रज्य पक्ष सुन्न तयार छैनन ।

सरकार परिवर्तनमा हिजो जे गरियो आज त्यहि छ , त्यही सिकायौं, अन्य सिकाएनौ । संसारमा आफ्ना माग पूरा गर्ने तवर तरिका १६५ भन्दा बढी प्रयोग भएको पाइन्छ , तर नेपालमा रगत को खोला बगेन , आगजानी भएन तोडफोड भएन लुटिएन भने आन्दोलन भएको वा माग राखिएको कुरा सुन्वाइ हुँदैन हाँसो र तुक्कामा उडाइन प्रथा रहयो त्यसैको निरन्तर्तामा को भुमरिमा फेरि देश फस्न पुग्यो । वि स २०४६ को परिवर्तन पछि खोजी खोजी पञ्चायतमा आस्था राख्ने वा पदाधिकारी लाई कुटपिट हिंसा गरियो । माओवादी ले गरेको दस वर्षको युद्धको गतिविधिमा काँग्रेस कम्युनिष्ट भएकै आधारमा ज्यान गुमाए , उद्योगी व्यापारी लुटिए वैक सहकारी लुटिए , सर्व साधरण१७ हजारले ज्यान गुमाए, सत्रसय भन्दा बढी प्रहरिले ज्यान गुमाए सरकारी संरचना ध्वस्त भए , त्यस पछिका आन्दोलन पनि शान्ती भनिए पनि हरेक पटक विनास ध्वस्त गर्ने भन्दा विकल्प रहेन ।सरकार पक्ष हिंसा नभड्किए सम्म ज्यान नगए सम्म सरकारी सम्पती ध्वस्त नभए सम्म सुन्ने देख्ने कुनै कालखण्डमा भएन । त्यसैको नक्कल आज सम्म रहयो त्यही राजनिती संस्कार बचाउदै आउनुले पालिका, प्रदेस र संघिय सरकारमा भएकै कारण बास उठाउने आग्जनी तोडफोड गाउँ पालिका देखि सर्वोच्च अदालत देखि सिंह दरवार सम्म ध्वस्त हुनुमा पुरानो पुस्ता देखि अहिले सम्मकाले जिम्मा लिनेकी नलिने रु हामिले घरमा के शिक्षा दियौं जेनजी पुस्ता लाई अगि सारेर लुट्न जलाउन अशान्ती मच्चाउन अगिल्लो पुस्ता किन लाग्यौं। देश जल्दा कसैको बास जल्दा रमिते हुन र मजाकमा उडाउनु मानवियता थियो यहि हो हामिले सिकेको ? भ्रमित समचार सम्प्रेष्ण गर्नु कति न्याएचित होला , हामी बस्ने समाज , हाम्रो देश हाम्रो घर नेपाल नै होइन , छिमेकी को घर जल्दा रमिते बन्दा आफ्नो जलेको दिन फेरि उ रमिते बन्दैनन भन्ने छ ?
जीवनमा सुख त सजिलो होला , तर कठिनाइमा देखिएको व्यवहार नै असली शिक्षा र मानवता हो । जब अग्रज ले संकटको क्षणमा धैर्य देखाउँदैनन , तब बालबालिका ले जीवनको सबैभन्दा गहिरो सत्य त्यही बुझ्छन । त्यसैले आँधी रोकिँदैन, जीवनमायो छाप कहिल्यै हराउन नसक्ने बल बन्ने गदर्छ । त्यसैले अगिल्लो पुस्ता सचेत हुन व्यवहारत परिवर्तन हुन हरेक कुरामा गम्भिरता लिन आवश्यक छ ।
संस्कार र संसारलाई बदल्ने सबैभन्दा ठूलो शक्ति हाम्रो बोली कपि किताब मात्र होइन, सँग-सँगै व्यवहार सहितको उदाहरण हो । चालढाल, आचरण, बानी, संस्कार र जीवन प्रतिको दृष्टिकोण -यी नै बावी पुस्ताको भविष्यका ढाल र दिशानिर्देशक हुन्छन् भन्ने बुझ्न जरुरी छ ।
त्यसैले, अभिभाव अग्रज नेतृत्वले कस्तो शिक्षा कार्यकर्तालाई दिने , घरमा आमा(बाबुले सन्तती लाई कस्तो शिक्षा दिने सरकारले कसरी प्रस्तुती हुने भन्ने हेक्का सबैमा जागोस बोलिमा होइन व्यवहार र उदारण मै झल्कन सकोस पुनस् दोहोरिए न नेपाल न नेपाली कंङ्गो श्रीया इथोपिया का नागरिक झै तड्पिने छौ । आफूलाई जसरी ढाल्न सकिन्छ त्यसैको प्रतिबिम्ब दोस्रो , तेस्रो पुस्ताले लिन्छन् ।
जीवनको असली पाठशाला भनेको घर हो, र असली पुस्तक भनेको अभिभावकको जीवनशैली नै हो ।
अन्त्यमा भाद्र २४र२५ मा साहद प्राप्त गर्नु हुनेमा भावपुर्ण श्रद्धाञ्जली परिवारजनमा गहिरो समवेदना , घाइते हरुमा पुर्ण स्वास्थ्यलाभको कामना , ।
संयमित हौं अब फेरि कुनै पुस्ताले यस्तो परिस्थिती सामना गर्नु नपरोस यहि नै अन्त्य होस ।
इन्द्र प्रसाद ओली
अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल

