

झापा – सप्तकोशी नदीमा पानीको बहाव घट्दो क्रममा छ। पानीको बहाव कम हुदै गएपछि कोसी ब्यारेज पुलमा सवारी आवागमन खुला गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार यसअघि ५६ वटै ढोका खुला गरिएकोमा हाल ५३ वटा खुला छन्। शनिबार पाँच लाख २३ हजार क्युसेक प्रतिसकेण्ड भन्दा बढि बहाव मापन भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको थियो।

सोमबार बिहान पानीको बहाव ४ लाख १० हजार ९९५ क्युसेकमा झरेको छ। बिहानैदेखि त्यस क्षेत्रमा घाम लागिरहेको र माथिल्लो तटीय क्षेत्रमा पनि पानी नपरेकोले क्रमशस् घट्दो रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।


Views: 54

