Aamsanchar

दाङमा तिहारको टीका लगाएर फर्कंदै गर्दा बसको ठक्करबाट एक जनाको मृत्यु

Author Image
बिहिवार, कार्तिक ६, २०८२

बुटवल – तिहारको टीका लगाएर फर्कंदै गर्दा दाङको देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपाकिका–५ सिंगे निवासी अन्दाजी ६५ वर्षीय राम प्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो । गम्भिर घाइते भट्टराइको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर