Aamsanchar

जनैमा आत्मनिर्भर बन्न सकिन्छ

Author Image
मङ्गलवार, पौष ८, २०८२

नेपालमा बहुसंख्यक नागरिकले जनै धारण गर्दछन जनै को आफनै महत्व तथा विशेषता छ ।
कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनै निर्माण गरिन्छ ।
धार्मिक तथा वैज्ञानिक महत्वका साथ हेर्ने हो भने यसको गरिमा र महिमा विशाल छ। यहीं विशेषण र विशेषता बोकेको सूत्र / धागो मार्फत निर्माण गरिएको जनैको विशेष महत्व छ। समाजमा रहेका सबै तह र तप्काका सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने अनुयायीहरूलाई एकै सूत्रमा बाँध्ने पवित्र शुत्र जनै यज्ञोपवीत हो।
जनैको महनीयताका सम्बन्धमा हाम्रो प्राच्यविधाले धार्मिक र वैज्ञानिक आधारमा कसरी वर्णन गरेका छन् भन्ने विषयमा जानकारी हुन आवश्यक छ ।
• जनै /यज्ञोपवीतको परिभाषा :-
यज्ञो वै विष्णुः।
यज्ञाख्यः परमात्मा य उच्यते चैव होतृभिः।
उपवीतं ततोSस्येदं तस्माद् यज्ञोपवीतकम् ।।
यज्ञ =यज्ञद्वारा संस्कार गरिएको, पवित्र
पारिएको। उपवीत =परिधानीय प्रकार सूत्र विशेष धागो /जनै, भगवान विष्णुको प्रतीक। अग्निका उपासक होताहरूले यज्ञ पुरुषका रूपमा भगवान विष्णुलाई लिएका छन् भने त्यहीं यज्ञबाट संस्कार गरिएको उपवीत / सूत्र विशेषलाई यज्ञोपवीत / जनै भनेका छन्।
सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनात् ।
तत्सूत्रमुपवीतत्वाद् ब्रह्मसूत्रमिति स्मृतम् ।।
ब्रह्मज्ञान र वेद प्रतिपादित विषयको द्योतक /सूचक जुन सूत्र छ त्यो नै ब्रह्मसूत्र / जनै हो।
वेद चार र गायत्री मन्त्र चौबीस अक्षरले गुणा गर्दा आउने ९६ संख्याको समूह र तिथि, बार, नक्षत्र, तत्त्व, वेद, गुण, काल र मासको पूर्ण संख्या ९६ फन्कालाई ब्रह्मसूत्रको आधार मानिएको छ।
तिथिर्वारश्च नक्षत्रं तत्ववेदगुणान्वितम्।
कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम् ।।
तिथि – १५
वार – ७
नक्षत्र – २७
तत्त्व – २५
वेद – ४
गुण – ३
काल – ३
मास – १२
९६ संख्या हातको चार औंलाको मूल भागमा दुई डोराले युक्त ९६ फन्का बेर्दा यी माथिका छयानब्बे नाम उच्चारणका साथ आधान गर्नु पर्दछ। उक्त धागोलाई पुनः तीन डोरामा परिणत गरी बाट्नु पर्ने हुन्छ। यसरी बाटिएको धागोलाई तेब्बर पारी बाट्दा ९ डोराको हुन पुग्दछ। यी ९ डोरामा ॐकारादि गरिएका नौ वटा देवताहरूको आवाहन पूर्वक पञ्च शिखामा ब्रह्मादि गरिएका देवताहरूलाई न्यास गरिन्छ।
जनैको लम्बाईका बारेमा वामस्कन्ध देखि नाभि / नाइटो हुँदै कटि/कम्मर सम्मको हुनु पर्दछ। लामोमा कम्मर भन्दा तल र छोटोमा नाभि भन्दा माथि हुनु हुँदैन।
प्रातः कालीन समयमा यी माथिका प्रकृयाहरूलाई आत्मसात गर्दै निर्माण गरिएको जनै नै शुद्ध र परिष्कृत हुन पुग्दछ। सबै शक्तिहरूले बास गर्ने परम पवित्र यज्ञोपवीत आफैंमा सिद्ध छ।
देवताहरूले पनि धारणा गर्ने सर्व शक्तिमान् जनै र डोराको अभिमन्त्रण जनै पूर्णिमाका दिन अरुन्धती सहित कश्यपादि सप्त ऋषिहरूको पूजा, रुद्राभीषेक, ऋषि श्राद्ध देवता, गुरु र स्वपितृहरूलाई यज्ञोपवीत दान गरिन्छ।
” स्वाध्यायोSध्येतव्य ” वर्ष भरी स्वाध्याय गरिएका वेदादि मन्त्रहरूको पुनरावृत्ति गर्दै अध्यायोपाकर्म गरिन्छ। माथि बताइएका देवताहरूको पूजा गर्दै विभिन्न अनुष्ठान पुरा गरिन्छ। यसरी विधि पूर्वक बनाउनुका साथै मन्त्रण गरिएको जनै लगाउनका लागि तयार हुन्छ।
यज्ञोपवीतं परमं पवित्रं
प्रजापतेर्यत् सहजं पुरस्तात् ।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं
यज्ञोपवीतं बलमस्तु तेजः।
प्रजापतिद्वारा निर्माण गरिएको यज्ञद्वारा पवित्र पारिएको यज्ञोपवीत / जनै धारणा गर्दछु। जसबाट मलाई आयु, विद्या, मेधा, यश, बल आदि सामर्थ्य प्राप्तहुन्।
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वं प्रतिबध्नामि रक्षेमा चलमा चल।।
भगवान वामनले सत्यताका लागि वाणीरुपी ( तीन पाउ जमिनका माध्यमबाट ) सूत्र /बन्धनद्वारा दानवका बलशाली राजा बलिलाई जसरी बाँध्नु भएको छ। त्यसै गरि यो रक्षासूत्रद्वारा तिमीलाई पनि बाँध्छु सदा – सर्वदा तिम्रो रक्षा तीनै वामनले गरून्।
शास्त्रमा भनिन्छ , श्रावण महिनामा जंगलमा रहेका जडिबुटीको चरनमा रहेका गाईको गोबर शरीरमा लेपन गर्नाले सबै रोगको निदान हुन्छ। यज्ञीय समिधाको भष्म, चोखो माटो लेपन गर्नाले पञ्चतत्वबाट प्राप्त हुने आवश्यकीय ऊर्जा शरीरले ग्रहण गर्न पुग्छ। आयुर्वेदका अनुसार महौषधीको रुपमा रहेका कुश, दूबो अपामार्ग / दतिवनको प्रयोगले आरोग्यता प्राप्त गर्न सकिन्छ । सर्वजन हिताय सर्वजन सुखायका रुपमा रहेका हाम्रा मौलिक चाडपर्वमा मात्र सिमित नभएर हाम्रा अमूल्य साँस्कृ तिक संरक्षण र प्रवर्द्धन सँगै उद्यमी समेत बनाउँछ। यस्ता विशिष्ट पक्षको पहिचान र प्रयोग हुनु मानव कल्याणका लागि उत्तम विषय हुन आउँदछ।
* जनै लगाउँनेदा मनन्त्र:-
यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।
* पुरानो जनै त्याग गर्ने मन्त्र
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

पुरानो जनै त्याग्ने निर्णय
सूतके मृतके चैव गते मासचतुष्टये ।
नवयज्ञोपवीतानि धृत्वा जीर्णनि संत्यजेत् ।।

यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो,
यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो ।
शिक्षा ग्रहण गर्नुपुर्व यज्ञोपवीत धारण गरी
मर्यादित शिक्षा ग्रहणको शुभारम्भ गर्ने चलन थियो ।
सिधा भन्दा स्कुल भर्ना गर्न योग्य
मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण,
कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी, महाराजा जनक,
माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा,
माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति,
सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण
आदि सबै हामिले मान्ने भगवान तथा नरनारीहरूले
जनै धारण गर्दथे ।
जब देवदेवी देखी लिएर लोकको नरनारी सम्मले
जनै लगाउने प्रचलन थियो भने
स्त्रीले जनै धारण गर्नु हुन्न भन्नु सरासर गलत हो ।
जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ
तीन आश्रममा रहँदामात्र धारण गरिन्छ ।
चतुर्थ आश्रम सन्यास आश्रममा पुगेपछि
यसलाई उतारेर विसर्जन गरिन्छ ।
भगवान गौतम बुद्दले समेत सन्यास ग्रहण गर्नु पुर्व
शिखा (टुप्पी) र जनै त्याग गरेको शास्त्रीय प्रमाण छन ।
जनैका तीन दण्ड (डोरा, सूत्र) ले
मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् ।
जे मनमा छ त्यही वचनमा हुनुपर्छ र
सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ ।
जब मन, वचन र कर्म एक हुन जान्छन्
मनुष्य महात्मा बन्दछ,
* जनैका पवित्र तन्तुमा नौ देवहरू अवस्थित रहन्छन् ।
जस्तैः
ओङ्कारः प्रथमे तन्तौ द्वितीयेग्निस्तथैवच ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।
पञ्चमे पितृदैवत्यं, षष्ठे चैव प्रजापतिः ।
सप्तमे मरूतश्चैव अष्टमे सूर्य एवं च ।।
सर्वे देवास्तु नवमे इत्येतास्तन्तु देवताः ।।
पहिलोमा ओंकार, दोश्रोमा अग्नि, तेश्रोमा अनन्त,
चौथोमा चन्द्रमा, पाचौंमा पितृगण, छैटौंमा प्रजापति,
सातौंमा वायु, आठौमा सूर्य र नवौ सूत्रमा
सबै देवता प्रतिष्ठित छन् ।
जनै धारण गर्ने व्यक्तिले जनैका सूत्रहरूमा स्थीत
नौ देवहरू संग सम्वन्धित रहेका
निम्न लिखित गुणहरूलाई आफू भित्र धारण गर्नुपर्दछः

ओंकार – एकत्वको प्रकाश, ब्रहृमज्ञान ।

अग्नि –तेज, प्रकाश, पापदहन ।

अनन्त –अपार धैर्य र स्थीरता ।

चन्द्रमा –मधुरता, शीतलता र सर्व प्रियता ।

पितृगण –आशिर्वाद, दान र स्नेह ।

प्रजापति –प्रजापालन, प्रेम र सौहार्द ।

वायु –पवित्रता, बलशालिता र धारण शक्ति

सूर्य –गुण ग्रहण, नियमितता, प्रकाश
अन्धकारनाश र मल शोषण ।

सर्वे देवता –दिव्य र सात्विक जीवन ।
* जनै बनाउँदाका फाइदा :
यस्तो पवित्र जनै आज विदेश बाट निर्यात हुन्छ , अर्बौ रकम बाहिरिएको छ । हामी सँग कपास छ , धागो छ ,मात्र सीप , उद्यमी बन्ने सपना , श्रमको सम्मान गर्ने र जनैमा आत्मनिर्भर बन्ने बनाउने सोच मात्र कम छ । जहाँ जनै लगाउँदैन वा न्यूनले लगाउँछन त्यहाँ बन्छ र जनै लगाउने देशमा व्यापर हुन्छ , यस लाई ठूलो आर्थिक लगानी, ठूलो उद्योग तथा ,पहलमानन बयस्क पनि हुनु पर्दैन । घर -धरमा बसेर उद्यमी बन्न सकिन्छ ,आयाआर्जन गर्न सकिन्छ , कच्चापर्दाथ आफ्नै देश मा बन्छ , विदेशिने अर्वौं रकम आफ्नै देशमा रहन्छ ।हजारौ व्यक्ती रोजगारी बन्न सकिन्छ , कपासको खेती फस्टाउँछ । अन्य मुलुकमा समेत समेत निर्यातगरी देश लाई दिगो आर्थिक उपार्जन गर्न सकिन्छ , गाउँ घर शहर बजार देखि बन्दी जीवन बिताइ रहेका महानुभावहरु समेत लाई उद्योग मा जोड्न सकिन्छ । त्यसैले उद्यमी बनौ , स्वाभिमानी बनौ आत्मनिर्भर बनौ, सकारात्मक सोचले मात्र रचानात्मक काम गर्न सकिन्छ , जनै मा आत्मनिर्भर बनौ, श्रमको सम्मान गरौ ।

इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल
केन्द्रीय कार्यालय भद्रपुर ७ झापा

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर