

काठमाडौं – नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ।

साताको पहिलो कारोबार दिन आज सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ।

यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि शुक्रबार पनि कीर्तिमान कायम भएको थियो।

सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो।
Views: 210

