Aamsanchar

युवा केन्द्रित ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

Author Image
बुधवार, पौष १६, २०८२

बेलायतमा नेपाली क्रिकेटको दीर्घकालीन विकास र युवा खेलाडीको भविष्यलाई केन्द्रमा राखेर महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफल ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) र किडाशाबीच भएको हो।

छलफलमा बीजीसीएलका प्रबन्ध निर्देशक याम गुरुङले बेलायतबाट नेपाली क्रिकेटलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। किडाशाका कार्यक्रम संयोजक जेरेमी साउथहनले क्रिकेटलाई बालबालिका र युवाको आत्मविश्वास तथा नेतृत्व विकासको प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गर्नुभयो।

युवा क्रिकेट प्रवर्द्धक विज्ञान कार्कीले ग्रासरुट तहबाट योजनाबद्ध विकास आवश्यक रहेको औंल्याउनुभयो। छलफलमा विद्यालयस्तरको क्रिकेट प्रशिक्षण, युवा विकास परियोजना र नेपाल–बेलायतबीच सहकार्य विस्तारबारे सकारात्मक विचारविमर्श गरिएको थियो।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर