

काठमाडौं – पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल बढेको छ।

आज छापावाल सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर दुई लाख ६२ हजार ५०० र चाँदीको मोल चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ४१५ कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
Views: 90

