Aamsanchar

‘Suzuki Victoris zxi ’ बिर्तामोडमा सार्वजनिक

Author Image
बिहिवार, पौष २४, २०८२

बिर्तामोड । मारुती सुजुकीको आधिकारिक डिलर आर.ए. ट्रेडर्स अटो प्रा.लि., बिर्तामोड–२ रामचोकले बिहीबार पूर्वी क्षेत्रका ग्राहकलाई लक्षित गर्दै नयाँ ‘सुजुकी भिक्टोरियस’ Victoris zxi सार्वजनिक गरेको छ। गाडीको औपचारिक उद्घाटन कम्पनीका सञ्चालक राजेन्द्रकुमार थापाले गरेका हुन्।

नेपालका लागि सुजुकी सवारीसाधनको आधिकारिक वितरक CG मोटर्सले नयाँ प्रिमियम SUV Suzuki VICTORIS नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, उन्नत प्रविधि, उच्चस्तरीय सुरक्षा र उत्कृष्ट कम्फर्टलाई केन्द्रमा राखेर विकसित गरिएको यस SUV लाई कम्पनीले “Most Feature Loaded SUV” का रूपमा प्रस्तुत गरेको छ।

Suzuki VICTORIS मा Strong Hybrid टेक्नोलोजी सहितको शक्तिशाली इन्जिन उपलब्ध छ, जसले उत्कृष्ट माइलेज र प्रभावशाली परफर्मेन्स प्रदान गर्ने दाबी गरिएको छ। कठिन सडक तथा मौसमका लागि उपयुक्त ALLGRIP Select (4×4) प्रणालीसमेत यसमा उपलब्ध छ, जसमा Auto, Snow, SportLock मोडहरू समावेश छन्। गाडी म्यानुअल तथा अटोमेटिक दुवै ट्रान्समिसन विकल्पमा उपलब्ध हुनेछ।

सुरक्षालाई विशेष प्राथमिकता दिइएको Suzuki VICTORIS मा Level 2 ADAS (Advanced Driver Assistance System) अन्तर्गत अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक सुरक्षा प्रविधिहरू समावेश छन्। यसका साथै 6 एयरब्याग, ABS, EBD, ESP, हिल होल्ड कन्ट्रोल, 360 डिग्री क्यामेरा र TPMS जस्ता सुविधासहित गाडीले 5-Star Global NCAP सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।

कम्फर्ट र प्रविधिका दृष्टिले पनि Suzuki VICTORIS अत्याधुनिक सुविधाले भरिएको छ। यसमा SmartPlay Pro X Infotainment System, ठूलो टचस्क्रिन, Alexa Auto Voice AI, OTA अपडेट सुविधा, Harman द्वारा विकसित प्रिमियम साउन्ड सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, क्लाइमेट कन्ट्रोल डिस्प्ले तथा एयर प्युरिफायर जस्ता सुविधा उपलब्ध छन्।

लक्जरी अनुभवका लागि भेन्टिलेटेड फ्रन्ट सिट, 8-way पावर एड्जस्टेबल ड्राइभर सिट, एम्बियन्ट लाइटिङ, प्यानोरामिक सनरुफ, वायरलेस स्मार्टफोन चार्जर, मल्टिपल USB Type-C फास्ट चार्जिङ पोर्ट र Gesture Control सहितको Smart Powered Tailgate जस्ता सुविधा प्रदान गरिएको छ।

डिजाइनतर्फ LED प्रोजेक्टर हेडल्याम्प, कनेक्टेड LED टेलल्याम्प, एयरो-कट एलोय ह्विल तथा आकर्षक डुअल-टोन इन्टेरियर थिमले गाडीलाई प्रिमियम लुक दिएको छ। Suzuki VICTORIS विभिन्न आकर्षक रङहरूमा उपलब्ध हुनेछ, जसमा नयाँ Mystic GreenEternal Blue पनि समावेश छन्।

CG मोटर्सले Suzuki VICTORIS लाई Launching Introductory Offer अन्तर्गत प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याएको छ। साथै सीमित अवधिका लागि विशेष क्यासब्याक र बुकिङ अफरसमेत उपलब्ध गराइएको जनाएको छ।

CG मोटर्सका प्रबन्ध निर्देशकले आधुनिक, सुरक्षित, प्रविधिमैत्री तथा वातावरणप्रति सचेत नेपाली ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर Suzuki VICTORIS सार्वजनिक गरिएको बताउँदै, यसले नेपाली SUV बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे।

आर.ए. ट्रेडर्सका कुवेर बस्नेतका अनुसार नयाँ मोडलको माग अत्यधिक रहेको छ। हाल रामचोक शोरुममा आएको एक मात्र गाडीसमेत बुकिङ भइसकेको र बाँकी ग्राहकका लागि केही दिनभित्रै गाडी उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिइएको छ।

कुन मोडलको मुल्य कती ?

Victoris Lxi 1462 53,99,000
Victoris Vxi 1462 58,99,000
Victoris Zxi 1462 62,99,000
Victoris Zxi Dual Tone 1462 63,29,000
Victoris Zxi(O) 1462 64,99,000
Victoris Zxi(O) Dualtone 1462 65,29,000
Victoris Zxi+ 1462 67,99,000
Victoris Zxi+ (Dualtone) 1462 68,29,000
Victoris Zxi+(O) 1462 69,99,000
Victoris Zxi+(O)Dualtone 1462 70,99,000
Victoris Vxi AT 1462 66,99,000
Victoris Zxi AT (Mono Tone) 1462 70,99,000
Victoris Zxi AT (Dual Tone) 1462 71,99,000
Victoris Zxi(O) AT 1462 72,99,000
Victoris Zxi(O) AT Dualtone 1462 73,29,000
Victoris Zxi+ AT (Mono Tone) 1462 80,99,000
Victoris Zxi+ AT (Dual Tone) 1462 81,29,000
Victoris Zxi+(O) AT (Monotone) 1462 82,99,000
Victoris Zxi+(O) AT (Dualtone) 1462 83,29,000
Victoris Zxi+ 4WD 1462 88,99,000
Victoris Zxi+ 4WD Dualtone 1462 89,29,000
Victoris Zxi+ (O) 4WD 1462 90,99,000
Victoris Zxi+(O) 4WD Dualtone 1462 91,29,000
Victoris Vxi Strong Hybrid 1490 84,49,000
Victoris Zxi Strong Hybrid 1490 88,49,000
Victoris Zxi Strong Hybrid (Dualtone) 1490 88,79,000
Victoris Zxi(O) Strong Hybrid 1490 89,99,000
Victoris Zxi(O) Strong Hybrid (Dualtone) 1490 90,29,000
Victoris Zxi+ Strong Hybrid 1490 94,99,000
Victoris Zxi+ Strong Hybrid (Dualtone) 1490 95,29,000
Victoris Zxi+(O) Strong Hybrid 1490 96,99,000
Victoris Zxi+(O) Strong Hybrid (Dualtone) 1462 97,29,000
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर