Aamsanchar

सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा

Author Image
मङ्गलवार, पौष २९, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य २ लाख ७६ हजार ५ सय कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

 

सोमबार एक तोला सुनको मूल्य २ लाख ७४ हजार ७०० पुगेको थियो।

सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ५ हजार ३४० रुपैयाँ पुगेको छ।

 

अघिल्लो दिन सोमबार प्रतितोला चाँदी ५ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो। अमेरिकी डलरको उतारचढावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य आकासिएको व्यवसायीहरू बताउँछन्।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर