

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल शुरू हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबले खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा बिहान ११ बजे शुरू हुनेछ । राष्ट्रिय लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगका चार टोली गरी १७ टोली सहभागी छन् ।
एन्फाले गएको आइतवार सार्वजनिक गरेको खेलतालिका अनुसार आज भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच पनि खेल हुनेछ । यो खेल दिउँसो ३ बजे शुरू हुनेछ । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला, च्यासल रंगशालामा र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
Views: 38

