Aamsanchar

झापामा निर्वाचन लक्षित सुरक्षा कडाइ, इजाजत प्राप्त हतियार माघ मसान्तभित्र बुझाउन निर्देशन

Author Image
बुधवार, पौष ३०, २०८२

झापा ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा प्रशासनले सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ। जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त सबै प्रकारका हातहतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र वैधानिक रूपमा राखिएका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा माघ मसान्तभित्र अनिवार्य रूपमा बुझाइसक्नुपर्नेछ। हतियारधनीले आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन सक्ने व्यवस्था गरिएको छ।

प्रशासनका अनुसार निर्वाचन प्रक्रिया सम्पन्न भएको २१ दिनपछि सम्बन्धित धनीले आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भई आफ्नो हातहतियार फिर्ता लिन सक्नेछन्।

निर्वाचन शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न हुनु राष्ट्रको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण जिल्लाबासी, नागरिक समाज र सरोकारवाला निकायसँग सहकार्य र सहयोगको अपेक्षा गरेको छ। निर्वाचनलाई भयरहित बनाउने दिशामा प्रशासन सक्रिय रूपमा अघि बढिरहेको जनाएको छ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर