Aamsanchar

दमक र बिर्तामोडमा सवारी दुर्घटना : २४ वर्षीय यु्वक र २२ वर्षीया युवतीको मृत्यु

Author Image
सोमवार, माघ ५, २०८२

झापा- झापाको दमक र बिर्तामोडमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा दमक–१० का २४ वर्षीय युवराज पाठक र दमक ठेगाना भएकी अन्दाजी २२ वर्षीया सुजता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार दमक नगरपालिका–९ स्थित बिजुली अफिस नजिक गएराति करिब १२ बजेतिर मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा पाठकको मृत्यु भएको हो भने झापाको बिर्तामोड चौकस्थित अदुवा पुल सडकखण्डमा मोटरसाइकल र अटोरिक्सा एकापसमा ठोक्किँदा घाइते मोटरसाइकलमा सवार ती युवतीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा आज बिहान उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकल चालक गौरादह नगरपालिका–३ का २४ वर्षीय निरज कार्कीको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्रबहादुर कार्कीले बताए ।

Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर