Aamsanchar

कपाल मुण्डन गरेर बाबुको काजकिरिया गर्दै छोरी

Author Image
आइतवार, माघ ११, २०८२

रसुवा – परम्परागत हिन्दू संस्कार अनुसार छोराले मात्रै बाबुआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै कालिका गाउँपालिका–२ की ४९ वर्षीया योगमाया ढकालले बाबुको किरिया बसेकी छन्।

ब्राम्हण समुदायमा छोराले मात्रै बाबु आमाको काज–किरिया गर्ने परम्परा छ। योगमाया ब्राम्हणकी जेठी छोरी अविवाहित हुन्। लामो समयदेखि दमको समस्याबाट ग्रसित बुबा रोहिणीप्रसादको माघ ६ गते ८१ वर्षको उमेरमा मृत्यु भयो। मृतक ढकालका सन्तानमा ३ छोरीहरू योगमाया, सरस्वती र गायत्री मात्र हुन्।

‘आफूलाई जन्मदिने बाबु आमाको सेवा गर्ने र अन्त्येष्टि कर्म पनि आफ्नै जिम्मेवारी हो’, योगमायाले भनिन्, ‘छोरा जत्तिकै छोरीको पनि भूमिका हुनुपर्ने र यस्ता लैंगिक असमानता हटाउन पनि उनले बाबुको किरिया थालेकी हुन्।’

 

उनको इच्छा अनुसार कपाल मुण्डन गरेर काका टंकप्रसाद र अरू आफन्तको सहयोगमा अन्त्येष्टि कर्म गरिरहेकी छन्। ‘दिदीले नै दागबत्ती दिइन्। काजक्रिया पनि सुरु गरिन्। अब समाजमा संस्कार सुधारको थालनी भयो। यो सकरात्मक कुरा हो’, स्थानीय समाजसेवी शंकर न्यौपानेले भने।

 

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर