Aamsanchar

नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोश भएका सशस्त्र प्रहरी उपरीक्षककाे निधन

Author Image
शनिवार, माघ २४, २०८२

काठमाडौँ – नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोश भएका सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरेको निधन भएको छ। गएराति उनको निधन भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। घिमिरेलाई हृदयाघात भएको थियो।

शनिबार दिउँसो मोरङको विराटचोकमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक भएको थियो। बैठक चलिरहेका बेला उनी बेहोश भएर ढलेका थिए।

तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल लगिए पनि उपचार सफल नभएको भट्टले बताए। एसपी घिमिरेको शव पोस्टमार्टमका लागि विराट टिचिङकै शवगृहमा राखिएको छ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर