Aamsanchar

हात्तीको आक्रमणबाट घाइते झापाकी एक महिलाको मृत्यु

Author Image
मङ्गलवार, फागुन १२, २०८२

बिर्तामोड- जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १ बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।

गत फागुन ७ गते बिहान लखनलाल राजवंशीकी श्रीमती लीलाले बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जङ्गली हात्ती आई उहाँलाई अचानक आक्रमण गरेको थियो ।

आक्रमणबाट शरीरको विभिन्न भागमा चोट लागि लीला गम्भीर घाइते हुनुभएको थियो । घाइते राजवंशीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा लामो समयदेखि मानव हात्ती द्वन्द्वका कारण मानवीय क्षति हुँदै आइरहेको छ ।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर