

सिरहा – सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तोष साह रहेका छन्।

टिपर सफा गरेर पानी फाल्ने क्रममा टिपरको ढाला उठाउँदा पछाडिको भाग हाइटेन्सन तारमा छोएर करेन्ट लागेको थियो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपमा आगो लागेको थियो।
करेन्ट लागेको थाहा पाएपछि चालक साहले हाम फाले पनि उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल स्थानीय अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक साह लामो समयदेखि चालकको रूपमा सोही टिपरमा कार्यरत रहेका थिए। घटनाबारे इलाका प्रहरी कार्यालय गोलबजारले अनुसन्धान गरिरहेको छ।
Views: 363


