Aamsanchar

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीकाे तयारी

Author Image
सोमवार, फागुन १८, २०८२

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानममन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए । ‘आज प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ’, रावलले भने, ‘प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने सल्लाह हुँदैछ । जे भए पनि एउटा महत्त्वपूर्ण सन्देश आज आउँदैछ ।’

गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ मा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीलाई ६ महिनाभित्र निर्वाचन गराउने प्रमुख जिम्मेवारी थियो ।

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर