

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका–इजरायल आक्रमणपछि पनि पर्सियाली खाडीका मुलुकहरूप्रति इरानले कुनै शत्रुता नराखेको बताएका छन्।

चिनियाँ समकक्षीसँग भएको वार्तामा उनले छिमेकी देशहरूसँग राम्रो सम्बन्ध कायम राख्ने र क्षेत्रीय स्थिरता जोगाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार हाल भइरहेको सैन्य तनाव खाडी मुलुकहरूविरुद्ध लक्षित नभएको स्पष्ट पारेका छन्।
५०० स्थल लक्ष्य बनाएको दाबी

इरानको रिभोलुसनरी गाड्र्स (इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स) ले करिब ५०० अमेरिकी तथा इजरायली सैन्य र रणनीतिक स्थलहरूलाई लक्ष्य बनाएको दाबी गरेको छ। तर ती कारबाहीहरू खाडी देशहरूविरुद्ध नभएको बताइएको छ।
मुख्य सन्देश
खाडी मुलुकहरूसँग मित्रवत सम्बन्ध कायम राख्ने इच्छा
द्वन्द्व क्षेत्रीय युद्धमा रूपान्तरण नहोस् भन्ने प्रयास
कारबाही अमेरिकी र इजरायली लक्ष्यमा मात्र केन्द्रित
इरानले पर्सियाली खाडी क्षेत्रका देशहरूलाई आश्वस्त पार्दै आफ्नो प्राथमिकता राम्रो छिमेकी सम्बन्ध भएको दोहो¥याएको छ।


