Aamsanchar

२०८३ सालमा यी दिन सार्वजनिक बिदा

Author Image
मङ्गलवार, फागुन १९, २०८२

काठमाडौँ – सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ। गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। निर्णयानुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो ।

‘नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा भनिएको छ।

मुलुकभरि सार्वजनिक बिदा हुने पर्व :
वैशाख-     नयाँ वर्ष – वैशाख १ गते मङ्गलबार
वैशाख पूर्णिमा – वैशाख १८ गते शुक्रबार
भदौ-       रक्षाबन्धन – भदौ १२ गते शुक्रबार
श्रीकृष्ण जन्माष्टमी – भदौ १९ गते शुक्रबार
असोज-   घटस्थापना – असोज २५ गते आइतबार
दशैं बिदा असोज ३१ गते- कात्तिक ६ गतेसम्म (फूलपातीदेखि द्वादशीसम्म )
कात्तिक-   तिहार बिदा कात्तिक २२ गतेदेखि कात्तिक २६ गतेसम्म
छठ पर्व – कात्तिक २९ गते आइतबार
पुस-        धान्य पूर्णिमा‚ उधौली पर्व, योमरी पुन्हि – पुस ९ गते बिहीबार
क्रिसमस डे – पुस १० गते शुक्रबार
तमू ल्होछार – पुस १५ गते बुधबार
माघ-       माघे सङ्क्रान्ति  -माघ १ गते शुक्रबार
सोनम ल्होछार – माघ २४ गते आइतबार
फागुन-     महाशिवरात्रि – फागुन २२ गते शनिबार
ग्याल्पो ल्होसार फागुन २५ गते मङ्गलबार
चैत-     फागुपूर्णिमा हिमाली र पहाडी जिल्लामा चैत ७ गते
तराईका जिल्लामा चैत ८ गते सोमबार

ईद उल फित्र
बकर ईद

स्थान विशेष
गाईजात्रा – भदौ १३ गते शनिबार (नेवारका लागि मात्र)
गौरा पर्व – भदौ १९ गते शुक्रबार
दुरा म्हैप्रु नकुमा पुस १५ गते बुधबार (दुरा समुदायका लागि मात्र)
सिरुवा पावनीको दिन – झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा
महिला कर्मचारीको लागि मात्र :
हरितालिका (तीज) व्रत- भदौ २९ गते सोमबार
जितिया पर्व असोज १८ गते आइतबार (जितिया मनाउने महिलाका लागि)

शिक्षण संस्थाका लागि
वसन्त पञ्चमी – माघ २८ गते बिहीबार

Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर