Aamsanchar

मोरङ ४ र ६ मा एमालेको जमानत जफत

Author Image
शनिवार, फागुन २३, २०८२

विराटनगर – मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा चुनाव जित्ने दाबी नेकपा (एमाले) ले गरेको थियो । तर, प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा दुवै क्षेत्रमा एमालेले जमानत नै जोगाउन सकेन ।

निकटतम प्रतिद्वन्द्वी बनेको कांग्रेस भने जमानत जोगाउन सफल भएको छ । मोरङ–४ र ६ बाट एमालेसहित ३१ जना उम्मेदवारको जमानत जफल भएको हो । मोरङ–४ को शुक्रबार राति र ६ को शनिबार बिहान अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । दुवै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विजयी भएका छन् ।

मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी हुँदा ६ बाट रास्वपाकै रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् । मोरङ ४ र ६ मा नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लगायतका दल र स्वतन्त्र गरेर ३१ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ ।

 

मोरङ–४ बाट कांग्रेसका महामन्त्री समेत रहेका गुरुराज घिमिरे रास्वपाका राजवंशीसँग पराजित भएका छन् । घिमिरेले १२८१८ ल्याउँदा तेस्रो स्थानमा रहेका नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत पाए । मोरङ–४ बाट कांग्रेसका घिमिरे र नेकपाका मोदीको मात्रै जमानत जोगिएको छ ।

यो क्षेत्रमा एमालेका जीवन घिमिरे ६ हजार ९३३ मतमा रोकिएर चौथो बने । तर, एमालेका केन्द्रीय सदस्य समेत रहेका घिमिरेको जमानत जफल भयो । एमालेका घिमिरे र राप्रपाका माधव आचार्यसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मोरङ–४ मा ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ सदर भएको थियो । ५ हजार २५६ मत बदर भएको छ । बदर मतको संख्या धेरै रहेको पाइएको छ ।

त्यस्तै, मोरङ–६ मा रास्वपाकी आचार्यसँग नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइराला पराजित हुन पुगे । आचार्यले कोइरालालाई भारी मतान्तरले हराएकी हुन् । १२ हजार ८५० मत ल्याएका कोइरालाको मात्रै जमानत जोगिएको छ । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार विनोद ढकालको जमानत नै जोगिएन । उनले ८ हजार ३१७ मत पाएका छन् ।

मोरङ–६ बाट एमालेका ढकाल, नेकपाका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भएको हो । ढकाललाई जमानत जोगाउनका लागि थोरै मत पुगेन । नेकपाका राय १ हजार ७१६ मतमै रोकिँदा जमानत जफत भयो । मोरङ–६ मा ८९ हजार ८४७ मत खसेको थियो । खसेकोमध्ये ८५ हजार २३३ सदर र ४ हजार ६१६ मत बदर भएको छ । यो क्षेत्रमा पनि उल्लेख्य मत बदर भएको छ ।

Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर