

झापा – झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राना मगरले निरन्तर मतान्तर बढाइरहेकी छिन् । निवर्तमान उपसभामुख मगरको जित लगभग सुनिश्चित भइसकेको छ । पछिल्लो मतगणना अनुसार मगरले ३० हजार ३५ मत प्राप्त गरेकी छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका देवराज घिमिरेले ५ हजार ५१४ मत प्राप्त गरेका छन्। निवर्तमान सभामुख रहेका घिमिरे र मगर बीचको मतान्तर २४ हजार ५२१ रहेको छ। त्यस्तै श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी तेस्रो स्थानमा छन् ।
उनले ३ हजार ७५० मत ल्याएका छन् । चौथो स्थानमा रहेका नेपाली कांग्रेसकी सरिता प्रसाईँले २ हजार ६६८,नेकपाकी धर्मशिला चापागाईँले ६१२ र राप्रपाका स्वागत नेपालले एक हजार ७८२ मत ल्याएका छन्।

क्षेत्र नम्बर २ मा १ लाख ४७ हजार ५२२ मतदाता रहेकोमा ९६ हजार ४३६ मत खसेको छ ।
Views: 125


