Aamsanchar

लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ : गोकुल बास्कोटा

Author Image
सोमवार, फागुन २५, २०८२

काठमाडौं –  नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि नेतृत्वप्रति तिखो टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ भनेर पार्टीका शीर्ष नेताप्रति नै तिखो टिप्पणी गरेका हुन् । उनले पार्टी शीर्षको नाम उल्लेख नगरी यस्तो टिप्पणी गरेका हुन् ।

पार्टीलाई समयमै सुधारेन भने डाइनोसर बन्न सकिनेतर्फत पनि उनले संकेत गरेका छन् ।

उनले लेखेका छन्, ‘नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि–भिजन,रि–थिङ्क,रि–स्ट्रक्चरिङ र रिनोभेट सामान्य रूपमै भइहाल्छ । पिरामिड थियो, फुली थप्न सोली बनायौं । लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ । समयले सुधारेन भने डाइनोसर बनिएला क्यार्नु त ? डोन्टओरी !’

 

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर