Aamsanchar

जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

Author Image
बिहिवार, फागुन २८, २०८२

धनगढी – कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।

उनका अनुसार दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

दुवै जनाको परिचय खुल्न बाँकी छ ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर