

काठमाडौं – पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा दाहसँस्कार गरिने भएको छ ।

लगििओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर अहिले अस्पतालबाट निकालिएको छ । केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल आइपुगेका छन् ।
उनको आज ११ बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । दिवंगत ओलीका दुई छोरा, तीन छोरी छन् ।

Views: 36


