

काठमाडौं – संयुक्त अरब इमिरेट (यूएई) की राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति नदिइने बताएकी छन् ।

खाडी देशहरूमा इरानले गरिहरेको आक्रमणको निन्दा गरेकी उनले इरानी आक्रमणलाई अत्यन्तै गम्भीर, गैरकानूनी र बिना कुनै उक्साहटमा गरिएको आक्रमण भनेकी छन् ।
नुसैबेहले यूएईले इरानविरुद्ध जवाफी कारबाही गर्छ त भन्ने प्रश्नको सोझो जवाफ नदिएकी उनले यूएईलाई आत्मरक्षाको अधिकार भएको बताइन् । बीबीसीका अनुसार उनले अगाडि बढ्ने बाटो कूटनीति नै हुनुपर्नेमा भने जोड दिएकी छन् ।

उनले देशको अर्थव्यवस्था मजबुत रहेको भन्दै तेल संरचना(आयल इन्फ्रास्ट्रक्चर) र पर्यटन उद्योगमाथि भएको आक्रमणको झड्का झेल्न सक्ने बताइइन् । जसमा दुबई अन्तर्राराष्ट्रिय हवाई अड्डा र केही होटलहरूमा भएको आक्रमण परेका छन् ।
Views: 32


