Aamsanchar

आज काठमाडौं आइपुग्दै अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल

Author Image
आइतवार, चैत १, २०८२

काठमाडौं – अमेरिकी सेनाका डेपुटी कमाण्डिङ जनरल जोयल भोवेल आज काठमाडौं आइपुग्दैछन्।

युएस आर्मी प्यासिफिकका भोवेल आज भुटान हुँदै नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनी नेपालमा तीन दिन बस्ने प्रवक्ता बस्नेतको भनाइ छ।

यसअघि फागुन १ गते युएस इण्डो प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारो आएका थिए। उनले त्यसबेला परराष्ट्रमन्त्री बालानन्द शर्मा र प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेर पाँचखालस्थित तालिम केन्द्रको अवलोकन गरेका थिए।

भोवेलले पाँचखालस्थित शान्ति निर्देशनालयको पनि भ्रमण गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा भोवेलले प्रधानसेनापति सिग्देललगायत उच्च अधिकारीहरुसँग भेट गर्ने छन्। उनले यसअघि नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग भेटवार्ता गरिसकेका छन्।

भदौ २३ गतेको जेन जी प्रदर्शन, भोलिपल्टको विध्वंशपछि गठित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारसँगै हालैको निर्वाचनपछि गठन हुन लागेको रास्वपा नेतृत्वको नयाँ सरकारअघि हुन लागेको अमेरिकी जर्नेलको भ्रमणलाई राजनीतिक र कूटनीतिक वृत्तमा अर्थपूर्ण ठानिएको छ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर