

झापा- सुनसरीमा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार बिहान सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर २० तरहराबाट झापा कन्काई नगरपालिका वडा नं. ४ का ३० वर्षीय भिमबहादुर तामाङलाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
तरहरास्थित कोशी लोकमार्गमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा झापा कन्काई नगरपालिका वडा नं.४ का तामाङलाई लागू औषध ब्राउन सुगर १.१६ ग्राम फेला पारेकाले पक्राउ गरेको जनाएको छ ।

लागू औषध सहित तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ ।
Views: 20


