Aamsanchar

दार्चुलामा भूकम्पको धक्का

Author Image
मङ्गलवार, चैत ३, २०८२

काठमाडौं – दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार ९चैत ३० बिहान धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि, फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

४ म्याग्निच्युडसम्मका धक्का खासै असरदार नहुने भूकम्पविद्को भनाइ छ ।

Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर