Aamsanchar

यस्तो बन्यो सांसदको शपथका लागि सिंहदरबारको अस्थायी हल

Author Image
बुधवार, चैत ४, २०८२

काठमाडौँ –  सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि अस्थायी हलमा गरिएको तयारी अन्तिम चरणमा पुगेको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, चैत १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी तीव्र रूपमा भइरहेको छ।

नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको हो। हलमा माइक, बत्ती र अन्य आवश्यक व्यवस्थापनका काम धमाधम भइरहेको छ।

सांसदहरूको शपथग्रहणको आवश्यकता जेनजी आन्दोलनको क्रममा पुरानो संसद् भवनमा भएको आगलागी पछि उत्पन्न वैकल्पिक स्थानको कमीका कारण परेको थियो। त्यसअनुसार, सिंहदरबारभित्र निर्माणाधीन बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरी कार्यक्रमका लागि तयार पारिएको छ। प्रवक्ता गिरीका अनुसार उक्त हल केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको छ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर