काठमाडौं,
नेपाली कांग्रेसका पुराना नेता चक्र बास्तोलालाई अस्पताल भर्ना गरिएको छ । पक्षघात भएपछि झण्डै साढे ४ वर्षदेखि घरमै उपचार र आराम गर्दै आउनुभएका बास्तोलालाई केही दिनदेखि न्युरो अस्पताल बाँसबारी भर्ना गरिएको हो ।
पक्षघात भएपछि उहाँलाई विराटनगर, काठमाडौं र भारतमा समेत उपचार गराई पछिल्लो समय चिकित्सक र नर्सको सुविधासहित घरमै राखिएको थियो ।
उहाँको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेता अस्पताल जाने हुनुभएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 145