Aamsanchar

सांसद आशिका तामाङको निर्देशनप्रति धादिङका १३ वटै स्थानीय तहको आपत्ति

Author Image
बिहिवार, चैत ५, २०८२

काठमाडौँ – धादिङका सबै स्थानीय तहले नवनिर्वाचित कानूनविपरीत प्रतिनिधिसभा सदस्यले निर्देशन दिएको भन्दै कडा प्रतिवाद गर्ने घोषणा गरेका छन्।

धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले केहि दिनअघि दिएको निर्देशनलक्षित टिप्पणी गर्दै १३ वटै स्थानीय तहले र प्रशासनमार्फत हुने हस्तक्षेपको विरोध जनाएका हुन्। धादिङ क्षेत्र नं।१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो पटक धादिङका स्थानीय तहहरूलाई निर्देशन दिँदै आएकी छिन्।

बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले तामाङको नाम नलइकनै सांसदहरूबाट हुने हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार गरेको ठहर गर्दै यसको विरुद्धमा उभिने निर्णय गरेको हो।

‘नवनिर्वाचित माननीयज्यूहरूका नामबाट संविधान एवं कानुन विपरीत जारी भएका निर्देशनहरू र प्रशासनमार्फत स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्यको यो बैठक कडा प्रतिवाद गर्दछ’, संयुक्त विज्ञप्तिमा भनिएको छ।

 

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर