Aamsanchar

मोरङमा स्कुटरलाई टिपरले ठक्कर दिँदा १७ वर्षीय युवकको मृत्यु, १६ वर्षीय अनुप गम्भीर घाइते

Author Image
बिहिवार, चैत ५, २०८२

विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको बासबारीमा बिहान १०:३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको बालुवा बोकेको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्ले गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे ।

दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं पनि गम्भीर घाइते भएका छन् । उनको अहिले विराट शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न टिपर र त्यसका चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई नियन्त्रणमा लिएको छ ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर