Aamsanchar

समुद्रमा खस्यो कतारको सैन्य हेलिकप्टर

Author Image
आइतवार, चैत ८, २०८२

दोहा : मध्य-पूर्वमा बढ्दो सैन्य सरगर्मीका बीच कतारको एउटा सैनिक हेलिकप्टर दुर्घटनामा परेको छ। कतारी रक्षा मन्त्रालयका अनुसार ´नियमित ड्युटी`मा रहेको उक्त हेलिकप्टर प्राविधिक खराबीका कारण देशको समुद्री क्षेत्रमा खसेको हो।

बिबिसी हिन्दीमा उल्लेख भएअनुसार मन्त्रालयले सरकारी सञ्चार माध्यममार्फत विज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त हेलिकप्टरका चालक दल र त्यसमा सवार अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ।

घटनाको विस्तृत विवरण र क्षतिबारे थप जानकारी आउन बाँकी छ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर