Aamsanchar

इजरायलमा क्षेप्यास्त्रको अवशेष खस्यो

Author Image
सोमवार, चैत ९, २०८२

काठमाडौं –  इरानले सोमबार बिहान उत्तरी इजरायललाई लक्षित गरी गरेको आक्रमणका क्रममा खसालिएको एक क्षेप्यास्त्रको अवशेष खुला क्षेत्रमा खसेको छ। स्थानीय अधिकारीहरूका अनुसार उक्त अवशेष खसेपछि त्यस क्षेत्रमा केही बेर तनाव उत्पन्न भएको थियो।

सिएनएनका अनुसार साफद नगरपालिकाले सार्वजनिक गरेका तस्बिरहरूमा जमिनमा क्षेप्यास्त्रका टुक्राहरू छरिएको र त्यहाँबाट कालो धुवाँको मुस्लो उठिरहेको देखिन्छ। इजरायलको उत्तरी जिल्लास्थित अग्नि निवारण तथा उद्धार टोलीले खसेको गोलाबारुदका कारण लागेको आगोलाई नियन्त्रणमा लिएको छ।

उद्धार निकायका अनुसार यस घटनामा हालसम्म कुनै मानवीय क्षति भएको छैन र स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ।सोमबार बिहान इरानबाट क्षेप्यास्त्रहरू प्रहार भएलगत्तै उत्तरी इजरायलका विभिन्न स्थानमा खतराको सूचक ‘साइरन’ बजाइएको थियो। मध्य पूर्वमा बढ्दो तनावका बीच इरान र इजरायलबीचको यो सैन्य टकरावले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर