

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर कुराकानी भएको बताएका छन् । पश्चिम एसियाको अवस्थाबारे आफूहरूबीच टेलिफोन कुराकानी भएको मोदीले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

‘राष्ट्रपति डोनाल्ड ट्रम्पबाट फोन प्राप्त भयो र पश्चिम एशियाको अवस्थाबारे उपयोगी विचार(विमर्श भयो,’ मोदीले भनेका छन्, ‘भारतले तनाव न्यूनीकरण र यथाशीघ्र शान्ति पुनस्स्थापनाको समर्थन गर्दछ ।’
स्ट्रेट अफ होर्मुज खुला, सुरक्षित र सबैका लागि पहुँचयोग्य रहनु सम्पूर्ण विश्वका लागि अत्यन्त आवश्यक रहेको मोदीले बताएका छन् । ‘शान्ति र स्थायित्वका प्रयासहरूबारे निरन्तर सम्पर्कमा रहने विषयमा हामी सहमत भयौँ,’ मोदीले लेखेका छन् ।

Views: 42


