

झापा – झापामा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ । आज बिहान करिब ६:१० बजेको समयमा कमल गाउँपालिका–३ स्थित केर्खामा स्थानीय एक व्यक्तिको घर नजिकै रहेको करेसाबारीभित्रको मकैबारीमा भर्खरै जन्मिएको (बालिका)शिशु बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उक्त शिशुलाई सोही घरधनीका छोरा ४८ वर्षीय लीलाराज थापाले देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा शिशुको उद्धार गरेको हो। उद्धारपश्चात् शिशुलाई उपचारका लागि दमकस्थित किओच बाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। यता प्रहरीले जन्म दिएर फालेकी शिशुको आमाको खोजतलास गरिरहेको जनाइएको छ।

Views: 41


