
झापा – गायक अशोक दर्जी आठ वर्षपछि घर फर्किएका छन् । आफ्नै आमाबुवासँग बसेर पढ्ने भन्दै उनी गृहजिल्ला झापा फर्किएका छन् ।

“अब अशोक दर्जी बाबु आफ्नै परिवारको निर्णय अनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन्,” गायक तथा संगीतकार टंक बुढाथोकीले लेखेका छन्, “आठ वर्षसम्म आफ्नै साथमा राखेर, अशोकलाई ‘हिरो’सम्म बन्ने हौसला, शिक्षा र मार्गदर्शन दिने क्रममा एक अभिभावकले निभाउनुपर्ने कर्तव्यमा सकेसम्म कुनै कमी हुन दिइन जस्तो लाग्छ ।”
अशोक तीन/चार महिनादेखि आफ्नो परिवारसँग झापा घरमा बस्ने उनकै निर्णयअनुसार त्यहीँ रहँदै आएका छन् । उनले झापाकै एक विद्यालयमा अध्ययन सुरु गरिसकेका छन् ।

Views: 17


