Aamsanchar

खाडी क्षेत्रमा तनाव चुलिँदै, साउदीद्वारा इरानी मिसाइल र ड्रोन निष्क्रिय बनाएको दाबी

Author Image
मङ्गलवार, चैत १७, २०८२

एजेन्सी । इरानले गरेको आक्रमणपछि खाडी क्षेत्रको सुरक्षा अवस्था थप तनावपूर्ण बन्दै गएको छ। साउदी अरबले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनलाई सफलतापूर्वक निष्क्रिय बनाएको दाबी गरेको छ।

साउदीका अनुसार ८ वटा ब्यालिस्टिक मिसाइल र १० वटा ड्रोनलाई इन्टरसेप्ट गरेर नष्ट गरिएको हो। तीमध्ये केही मिसाइल राजधानी रियादतर्फ लक्षित थिए।

यसैबीच, इरानी आक्रमणका कारण दुबई पोर्टमा कुवेतको एक आयल ट्यांकरमा आगलागी भएको खबर छ, जसले क्षेत्रीय सुरक्षामा थप चिन्ता बढाएको छ।

साउदी सिभिल डिफेन्सका अनुसार अल–खर्च प्रान्तमा एक ड्रोनका अवशेष खस्दा दुई जना घाइते भएका छन् भने ६ वटा घरमा क्षति पुगेको छ।

उता, संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो एयर डिफेन्स प्रणाली सक्रिय रूपमा प्रयोग गर्दै सम्भावित मिसाइल र ड्रोन खतरालाई सामना गरिरहेको जनाएको छ। साथै, अवस्थालाई नजिकबाट निगरानी गरिरहेको पनि यूएईले स्पष्ट पारेको छ।

खाडी क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय समुदायलाई थप सतर्क बनाएको छ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर