

काठमाडौ- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले केही सर्त पूरा भएमा इरान संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्।

इरानको सरकारी सञ्चारमाध्यमले राष्ट्रपति पेजेस्कियानले युरोपेली परिषद्का अध्यक्षसँगको टेलिफोन वार्तामा उक्त अभिव्यक्ति दिएको उल्लेख गरेको छ।
युद्ध अन्त्य गर्ने पेजेस्कियानको इच्छासँगै भविष्यमा द्वन्द्व पुनः सुरु नहुने ग्यारेन्टी पहिलो सर्त रहेको छ। यसअघि इरानले अमेरिकाको १५–बुँदे शान्ति प्रस्तावको जवाफमा पनि आक्रमण नदोहोरिने ग्यारेन्टी मागेको थियो। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘दुई वा तीन हप्ताभित्र’ आफ्नो देश इरानविरुद्धको युद्धबाट बाहिरिने संकेत दिएका छन्।

Views: 15


