Aamsanchar

मन्त्रालयको सोफामै सुते गृहमन्त्री सुधन

Author Image
शुक्रवार, चैत २०, २०८२

काठमाडौं – गएराति अबेरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयमै सुतेका छन्।

उनले कार्यालयको सोफामा सिरक ओढेर सुतेको फोटो आफै सेयर गरेका छन्। फोटोसँगै सुधनले लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’

गृहमन्त्री गुरूङको सचिवालयले पनि उनी मन्त्रालयकै सोफामा सुतेको पुष्टि गरेको छ। पटक पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी बिहीबार साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका थिए। सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री सुधन स्थलगत अनुगमनमा निस्किएको सचिवालयले जनाएको छ।

अनुगमन क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए।

यसअघि अन्तरिम सरकारमा शिक्षामन्त्री रहेका महावीर पुनले पनि मन्त्रालयलाई नै आफ्नो वासस्थान बनाएका थिए।

 

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर