

काठमाडौं – प्रधानमन्त्री बालेन शाहविरुद्ध अदालत अवहेलना मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइ भएको हो।
सोही मुद्दामा उनले वारेस राख्न माग गर्दै निवेदन दिएका छन्। उक्त निवेदनको सुनुवाइ जारी छ।
तीनवर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चाकहरूलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि अन्तरिम आदेश दिएको थियो। त्यतिबेला शाह काठमाडौं महानगरपालिकाका मेयर थिए।

सो आदेश जारी भएसँगै मेयर शाहले सामाजिक सञ्जालमा आफूले आदेश नमान्ने अभिव्यक्ति दिएका थिए। उनले देशको सार्वभौमिकता र स्वाधीनताका विषयमा आफूले कानुन र अदालतलाई नमान्ने बताएका थिए। उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको जिकिर गर्दै अधिवक्ता वर्षा कुमारी झाले सर्वोच्चमा रिट दिएकी थिइन्।
साहले भारतीय चलचित्र आदिपुरुषले ´सीता भारतकी छोरी हुन् `भन्ने संवाद हटाउन चेतावनी दिएपनि नहटाएपछि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए। त्यसपछि सिनेमा हल सञ्चालकहरू अदालत पुगेका थिए।



