

उदयपुर- उदयपुरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा रहेको दुई घरमा आज बिहान आगलागी भएको हो।
मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
त्रियुगा र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीको कारण खुल्न सकेको छैन।


Views: 24


