Aamsanchar

इलाममा चर्को आवाज निकाल्ने बाइकमाथि प्रहरीको एक्सन

Author Image
बिहिवार, वैशाख १०, २०८३

इलाम –बजार क्षेत्रमा बढ्दो ध्वनी प्रदूषण र लापरवाह सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न इलाम प्रहरीले विशेष अभियान थालेको छ। वैशाख ९ गते रातिदेखि सुरु गरिएको उक्त अभियानले मोडिफाइड मोटरसाइकलप्रति कडाइ गरेको हो।
अभियानको पहिलो चरणमै ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साइलेंसर लगायतका पार्टपुर्जामा परिवर्तन गरी अनावश्यक चर्को आवाज निकाल्ने, राति तीव्र गतिमा सवारी कुदाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने गतिविधि बढेपछि प्रहरीले निगरानी कडा बनाएको हो।
रातिको समयमा केन्द्रित चेकिङमार्फत सर्वसाधारणको शान्ति भंग गर्ने र दुर्घटनाको जोखिम बढाउने सवारीहरू नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। नियन्त्रणमा परेका सवारीमाथि आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले सबै सवारी चालकलाई मापदण्डविपरीत सवारी परिमार्जन नगर्न, ट्राफिक नियम पालना गर्न र ध्वनी प्रदूषण नगर्न आग्रह गर्दै सुरक्षित र अनुशासित यातायातका लागि सहकार्य गर्न अपिल गरेको छ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लाइसेन्स वितरण धमाधम
बिहिवार, वैशाख १०, २०८३
दाङ : बबईमा पुल नहुँदा सास्ती
बिहिवार, वैशाख १०, २०८३