Aamsanchar

सिसाखानीमा पिकअप जिप दुर्घटना

Author Image
शुक्रवार, वैशाख १८, २०८३

बागलुङ –  पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु. १ ज.२०६७ नम्बरको पिकअप जिप बिहीबार राति सिसाखानीको धारापानीमा दुर्घटना भएको खर्बाङ प्रहरी चौकीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनुभएका स्थानीय पूर्णा श्रीसको कुम र धनश्याम थापाको कानमा चोट लागेको वडाध्यक्ष खड्कबहादुर पुनले जानकारी दिनुभयो ।

चालकसहित छ जना सवार जिप सडकबाट तल खसेको थियो । पुनका अनुसार, घाइते दुवै जनाको सिसाखानी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।

 

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर