

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीस्थित विवेक विहारमा आइतबार बिहान एक चारतले आवासीय भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ। आगलागीमा परी केही मानिस घाइते भएको बताइएको छ।
स्थानीय नगर काउन्सिलरले घटनामा नौ जनाको शव फेला परेको पुष्टि गरेको छ। उद्धार तथा आगो निभाउने क्रममा भवनबाट १०/१५ जनालाई उद्धार गरिएको थियो।
शाहदरा जिल्लाका डीसीपी राजेन्द्र प्रसाद मीणाले बिहान ४ बजेतिर आगलागीबारे जानकारी आएको र दमकल तुरुन्तै घटनास्थल पुगेर आगो नियन्त्रणमा ल्याएको जानकारी दिए।


Views: 25


